बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अमेरिका–इजरायल आक्रमणको जवाफमा इरानद्वारा ५ प्रमुख अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

शनिबार, १६ फागुन २०८२, १६ : १२
शनिबार, १६ फागुन २०८२

सारांश

  • इरानले अमेरिका र इजरायलमा भएको आक्रमणको जवाफ दिँदै मध्यपूर्वका ५ अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेको छ।
  • इरानी क्षेप्यास्त्र आक्रमणका कारण कुवेत, बहराइन र युएईमा हवाई आक्रमणको साइरन बज्यो।
  • इजरायलको तेल अविव, जेरुसेलम र बेयर शेवामा शृङ्खलाबद्ध विस्फोटका आवाज सुनिए, जसले तनाव बढाएको छ।

तेहरान । अमेरिका र इजरायलले शनिबार बिहान तेहरानलगायत इरानका अन्य सहरहरूमा गरेको आक्रमणको जवाफ दिँदै इरानले पनि मध्यपूर्वमा रहेका कम्तीमा पाँचवटा प्रमुख अमेरिकी सैन्य अखडाहरूमा भारी क्षेप्यास्त्र प्रहार गरेको छ।

इरानी क्षेप्यास्त्रको निसानामा परेका प्रमुख अमेरिकी आधार शिविरहरूमा कतारस्थित अल–उदेइद एयरबेस, कुवेतको अल–साल्मिया बेस, संयुक्त अरब इमिरेट्स (युएई) को अल(जाफ्रा एयरबेस, बहराइनस्थित पाँचौं अमेरिकी बेस र जोर्डनको किङ हुसेन एयरबेस रहेका छन्। इरानले यी क्षेत्रमा रहेका अमेरिकी सैनिक संरचनालाई लक्षित गरी आक्रमण तीव्र पारेको समाचारहरुमा जनाइएको छ । 

अरब सञ्चारमाध्यमहरूले जनाएअनुसार इरानी क्षेप्यास्त्र आक्रमण सुरु भएसँगै कुवेत, बहराइन र युएईमा लगातार हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजिरहेका छन्। 

अमेरिकी सैन्य अखडाहरूका अतिरिक्त इजरायली क्षेत्रहरूमा पनि ठूला विस्फोटका घटनाहरू सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार इजरायलको तेल अविव, अल(कुड्स (जेरुसेलम) र बेयर सेभालगायतका क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटका आवाजहरू सुनिएका छन्। 

यस आक्रमणले मध्यपूर्वमा तनाव बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप