प्युठानमा पिकअप भ्यान दुर्घटना, ४ जना घाइते
सारांश
- प्युठानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
- दुर्घटना शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा भएको हो।
- घाइते हुनेहरुमा मोटरसाइकल चालक, एक स्कुटरमा सवार महिला र अन्य २ जना रहेका छन्, र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्युठान । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भ्यान शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जनाइएको छ ।
जिल्ला प्रहरीले कार्यालय प्युठानका डिएसपी नरहरि अधिकारीले दुर्घटनामा परेको भ्यान रास्वपाको चुनावी प्रचार प्रयोग भए पनि आज भने मर्मतका लागि ल्याउँदा दुर्घटनामा भएको बताए।
घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।
दुर्घटनामा लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी पनि घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण