कांग्रेस सबै जातजातिको साझा पार्टी हो, सबैले मौका पाउनुहुन्छ : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले आगामी चुनावमा अवसर नपाएका स्थानीय समुदायले मौका पाउने बताए।
- उनले कांग्रेस सबै जातजातिको साझा पार्टी भएको र विकासको ग्यारेन्टी लिने बताए।
- उनले फागुन २१ को चुनावमा सबै मिलेर कांग्रेसलाई मत हाल्न आग्रह गरे।
बारा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने बताएका छन् ।
बाराको कोल्हबी नगरपालिकामा शनिबार आयोजित बारा क्षेत्र नं.१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अवसर नपाएका स्थानीय समुदायले स्थानीय र प्रदेशमा पाउने बताए ।
‘कांग्रेस सबै जातजातिको साझा पार्टी हो । उहाँहरूले जहाँ जहाँ अन्याय महसुस गर्नु भएको छ भन्ने लागेको छ अब आउने स्थानीय र प्रदेश सभाको चुनावमा अवसर पाउनुहुन्छ । यहाँ साथीहरूले सबैलाई मिलाएर लैजान आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘हामीले आज केही कमजोरी भएको छ भने प्रदेशको चुनावमा सच्याउने काम हामी गर्छौ। कुनै समुदायले अन्याय महसुस गरेको छ भने त्यसको क्षतिपूर्ति अर्को चुनावबाट गर्छौं ।’
सभापति थापाले फागुन २१ को चुनावमा कुनै साथीहरूले गडबड नगरीकन सबै एक भएर कांग्रेसलाई मत हाल्नुपर्नेमा जोड दिए । उनले ५ वर्ष नेपालमा विकासको ग्यारेन्टी, ५ वर्ष सुधारको ग्यारेन्टी र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताए ।
उनले भने, ‘यो ५ वर्ष नेपालमा अब दुर्घटना हुँदैन । हामी हुन दिन्नौँ । हामी सम्हाल्छौँ। कुनै दुर्घटना हुन दिन्नौँ, द्वन्द्व हुन दिन्नौँ । न जातका नाममा, न धर्मका नाममा, न मधेस पहाडका नाममा, न हुने खाने र हुँदा खानेका नाममा कांग्रेसको सरकार गतिमा हिँड्छ।’
उनले उत्तेजनामा नबहकिन र सबैलाई सम्हालेर लिएर गएर अगाडि खेर गएको समयलाई पनि सदुपयोग गरेर काम गर्ने वाचासमेत गरे । ‘कांग्रेसले अब ५ वर्षको सरकार बनाउँछ नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउँछ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण