नयाँ भनिएका पार्टीहरू विकल्प हुन सक्दैनन्: महत
सारांश
- डा. प्रकाशशरण महतले नयाँ पार्टीहरू विकल्प हुन नसक्ने बताए।
- उनले कांग्रेसलाई संसदमा बहुमतका साथ पुर्याउनुपर्ने बताए।
- उनले कांग्रेस पुरानो पार्टी भएकाले बहस हुनु स्वाभाविक भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले नयाँ भनिएका पार्टीहरू विकल्प हुन नसक्ने बताएका छन् ।
शनिबार नुवाकोट क्षेत्र नम्बर १ स्थित खरानीटारमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै महतले नयाँ पार्टीको मिसन भिजनको अत्तोपत्तो नरहेकाले उनीहरु विकल्प हुन नसक्ने बताएका हुन् । लोकतन्त्रलाई संस्थागत गर्न र स्थिरता कायम गर्न कांग्रेस अत्यधिक सङ्ख्याको साथ संसदमा पुग्न जरुरी रहेको उनले बताए ।
नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका महतले पुराना अरू दुईटा पार्टीले पनि देशलाई निश्चित दिशामा लान नसक्ने स्पष्ट भइसकेकाले कांग्रेसलाई आउने निर्वाचनमा जिताउन जरुरी रहेको धारणा राखे ।
तितो पोखेर देशलाई बलियो बनाउन नसकिने भएकाले कम बोलेर आफ्नो राष्ट्रलाई जोगाउन, बलियो पार्न र मित्रराष्ट्रहरूबाट सहयोग सुनिश्चित गर्न जरुरी रहेको उनको भनाइ छ । महतले कांग्रेस निकै पुरानो पार्टी भएकाले बहस र विवाद हुनु स्वाभाविक रहेको भन्दै समाधान पनि निकाल्ने तर्क गरे ।
उनले अहिले विशेष महाधिवेशनबाट एउटा नेतृत्व बनिसकेको अवस्थामा त्यसलाई नमान्ने भन्ने बहस पार्टीभित्र नरहेको बताए ।
उनले पार्टीभित्र रहेका छलफल, बहस मुद्दाहरूलाई टुङ्ग्याएर पार्टी एकत्रित ढङ्गले अघि बढ्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण