इरान आक्रमण
इरानी आक्रमणले दुबई विमानस्थलमा सामान्य क्षति, ४ जना घाइते
आइतबार, १७ फागुन २०८२, ०४ : १७
सारांश
- दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण हुँदा चार जना घाइते भए।
- रोयटर्सका अनुसार, यो घटना इरानले अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरिरहेका बेला भएको हो।
- दुबई मिडिया अफिसले एक्समार्फत प्रतीक्षालयमा क्षति पुगेको र स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी आक्रमणमा परी चार जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सले दुबई मिडिया अफिसलाई उद्धृत गर्दै चार घाइते भएको प्रकाशित गरेको हो ।
इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा आक्रमण जारी राखेका बेला दुबई विमानस्थलमा यो घटना भएको समाचारमा उल्लेख छ ।
दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विमानस्थलको एउटा यात्रु प्रतीक्षालय क्षेत्रमा सामान्य क्षति पुगेको जनाएको छ । मिडिया अफिसका अनुसार उक्त स्थितिलाई तुरुन्तै नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण