निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास
सारांश
- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा अत्यावश्यक सेवाका सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरेको छ।
- आयोगका अनुसार, दमकल, एम्बुलेन्स, र स्वास्थ्यकर्मीका सवारी साधनहरूले पास बिना नै आवतजावत गर्न पाउनेछन्।
- पास वितरणलाई सहज बनाउन आयोगले काठमाडौंमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरेको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सवारी आवागमनलाई व्यवस्थित र सेवामैत्री बनाउन यस्तो निर्णय गरेको जनाएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, अत्यावश्यक सेवाका सवारी साधनहरूले मतदानको दिन सवारी अनुमति पत्र (पास) लिनु पर्दैन ।
पास नचाहिने सवारी साधनहरू
- अत्यावश्यक सेवा : दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूरसञ्चार, विद्युत् र ढल मर्मतका गाडीहरू।
- दैनिक उपभोग्य वस्तु : दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन।
- स्वास्थ्य सेवा : अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन-जान प्रयोग हुने सवारी साधन।
- हवाई यात्रु : अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका गाडी (विमानस्थलसम्म वा घररहोटलसम्म जान)।
- अशक्त तथा बिरामी : हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा हिँडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजको एक जना सहयोगी बोकेका सवारी साधन।
- कूटनीतिक र अन्य : नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका गाडी, आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधन।
यस बाहेकका अन्य सवारी साधन सञ्चालनका लागि भने पास अनिवार्य गरिएको छ। आयोगले पास वितरणलाई सहज बनाउन निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहने गरी आयोग परिसरमै ‘एकीकृत सवारीसाधन आवागमन डेस्क’ स्थापना गरेको छ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुनुपर्ने पासहरू सोही डेस्कबाट जारी भइरहेको आयोगले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण