१२०० करोडको प्रोजेक्ट हातमा हुँदाहुँदै जेल जानपर्यो : राजपाल यादव
सारांश
- हास्य कलाकार राजपाल यादवले पुरानो चेक बाउन्स मुद्दाका कारण जेल जानुपरेको खुलासा गरे।
- उनले सन् २०१० मा फिल्म बनाउँदा लिएको ऋण तिर्न नसक्दा मुद्दा परेको बताए, जसले गर्दा उनलाई कानुनी समस्या भयो।
- राजपालले आफूसँग १२ अर्बको काम भए पनि आफ्नो छवि बिगार्न खोजेको आरोप लगाए।
मुम्बई । बलिउडका चर्चित हास्य कलाकार राजपाल यादवले मुम्बईमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्नो जीवनको ठुलो आर्थिक र कानुनी संकटबारे नयाँ खुलासा गरेका छन्। भविष्यमा १२०० करोड भारतीय रुपैयाँ बराबरको काम र १० वटा ठूला फिल्मका प्रोजेक्टहरू हातमा हुँदाहुँदै पनि एउटा पुरानो चेक बाउन्स प्रकरणले आफूलाई जेल जानुपर्ने अवस्थामा पुर्याएको उनले दाबी गरे।
राजपालका अनुसार यो विवाद सन् २०१० मा उनले निर्देशन गरेको डेब्यु फिल्म ‘अता पता लापता’ बाट सुरु भएको हो। फिल्म निर्माणका लागि उनले एउटा कम्पनीबाट ५ करोड ऋण लिएका थिए, जुन ब्याजसहित १०.४० करोड पुगेको थियो। फिल्म बक्स अफिसमा फ्लप भएपछि उनले रकम फिर्ता गर्न सकेनन् र उनले दिएका चेकहरू बैंकमा बाउन्स भए। सोही कारण उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।
पत्रकार सम्मेलनमा राजपालका वकिल भास्कर उपाध्यायले गम्भीर आरोप लगाउँदै भने, ‘विपक्षी पक्षले सुरुमा सम्पत्तिको कागजपत्र र सेक्युरिटी रकम स्वीकार गरेर मुद्दा सुल्झाउने बताएका थिए। तर अदालतमा कागजात पेस गर्दा उनीहरूले लिन इन्कार गरे। उनीहरूको उद्देश्य पैसा असुल्ने भन्दा पनि राजपाललाई जेल पठाएर उनको छवि बिगार्ने मात्र देखिन्छ।’
आफ्नो बचाउ गर्दै राजपालले आफूले फिल्म उद्योगमा धेरै निर्माताहरूलाई संकटको समयमा नि:शुल्क काम गरेर सहयोग गरेको र आफ्नो गाउँको विकासमा पनि योगदान दिएको बताए। उनले नयाँ र संघर्षशील कलाकारहरूलाई प्लेटफर्म दिन खोज्दा आफू यो कानुनी झमेलामा फसेको दुखेसो पोखे।
राजपालले आगामी ७ वर्षका लागि आफूसँग १२०० करोडका ब्रान्डिङ, फिल्म र अन्य साझेदारीका प्रोजेक्टहरू रहेको दाबी गरेका छन्। तीमध्ये केही प्रोजेक्टहरू २०० करोडदेखि २००० करोडसम्मका रहेका छन्। उनले आफ्नो मुख्य लक्ष्य सबैको ऋण समयमै चुक्ता गर्नु रहेको स्पष्ट पार्दै कठिन समयमा साथ दिनेहरूलाई धन्यवाद समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण