शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्च नेताको हत्यापछि इरानमा शोक र उत्सव

आइतबार, १७ फागुन २०८२, ११ : ४६
आइतबार, १७ फागुन २०८२

सारांश

  • अमेरिकी र इजरायली हवाई आक्रमणमा खामेनी मारिएको खबरपछि इरानका केही नागरिकहरूले खुसी व्यक्त गरे।
  • इरानका केही सहरहरूमा उत्सव मनाइएको भिडियो बीबीसी पर्सियनले प्रसारण गरेको छ।
  • सरकार समर्थकहरूले सर्वोच्च नेताको मृत्युमा शोक व्यक्त गर्न कार्यक्रमको आयोजना गरे।

तेहरान । अमेरिका र इजरायली हवाई आक्रमणमा सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिएको खबर सुनेर इरानमा केही नागरिकहरूले खुसी व्यक्त गरेका छन् । बीबीसी पर्सियनले इरानका केही सहरहरूमा भएको उत्सवको भिडियोहरू प्रसारण गरेको छ ।

तर आइतबार बिहान सडकमा सर्वोच्च नेताको मृत्युमा शोक व्यक्त गर्नका लागि आयोजित कार्यक्रम समर्थकहरूद्वारा देखिएका छन् । समय बिहानको भएकाले दिनको अन्त्यतिर अवस्था फेरिन सक्ने अनुमान गरिएको छ ।

इरानको मध्यभागको इस्फहान सहरका सडकमा मानिसहरू खुशीले हर्ष ध्वनि गर्दै र कार हर्न बजाउँदै निस्किएका छन् । केही प्रदर्शनकारीले पनि घर र सडकमा उत्सव मनाएका छन् । तेहरान नजिकको सहर करजमा पनि उत्सव भएको रोयटर्सले जनाएको छ । 

समाचार एजेन्सीहरूका अनुसार तेहरानबाट सार्वजनिक गरिएका तस्बिरमा भने केही मानिसहरूले खमेनीको फोटो समातेर शोक प्रकट गरिरहेका देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप