आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसको ध्यानाकर्षण
सारांश
- नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
- कांग्रेसका अनुसार, केही दलहरूले आचारसंहिता विपरीत चुनाव प्रचार गरिरहेका छन् र बालबालिकाको प्रयोग गरेका छन्।
- कांग्रेसले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा र आचारसंहिताको पालना गराउन आयोगलाई आग्रह गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि आचार संहिता पालना गर्न–गराउन समेत ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता चालिसेले बताए ।
राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको पाइएको उनले बताए ।
त्यस्तै राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको कांग्रेसको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण