शाओमीद्वारा सेवा विस्तार: वीरगञ्ज र जनकपुरमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यका साथ मधेस प्रदेशका दुई प्रमुख सहर वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिने क्रममा फागुन १४ गते बिहीबार वीरगञ्जको आदर्शनगरमा र फागुन १५ गते शुक्रबार जनकपुरको शिवचोकस्थित अर्विट मलमा नयाँ सर्भिस सेन्टरको उद्घाटन गरेको हो ।
यी नयाँ सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक तथा गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् ।
यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने कम्पनीले विश्वास लिएको छ । यी केन्द्रहरूमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) लगायत विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ ।
मर्मतका क्रममा प्रयोग हुने सबै स्पेयर पार्ट्स पूर्ण रूपमा आधिकारिक (जेनुइन) हुने र दक्ष तथा तालिमप्राप्त प्राविधिक टोलीले सामान्यदेखि जटिल समस्यासम्मको आधिकारिक मापदण्ड अनुसार समाधान गर्ने कम्पनीले जनाएको छ ।
नेपालभर शाओमी ब्रान्डको आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको रमेश कर्प अन्तर्गतको 'टेलिडाइरेक्टर प्रा.लि.' ले यी नयाँ सर्भिस सेन्टरहरूको सञ्चालन गर्नेछ ।
यसैबीच, सर्भिस सेन्टर उद्घाटनको अवसर पारेर कम्पनीले ग्राहकका लागि आकर्षक विशेष अफरसमेत घोषणा गरेको छ । जसअनुसार सेवा सञ्चालनमा आएको मितिले एक महिनासम्म ग्राहकहरूले आफ्ना सबै उपकरणमा निःशुल्क सर्भिसिङ तथा सफ्टवेयर अपग्रेड सेवा प्राप्त गर्न सक्नेछन् । यसका साथै, वारेन्टी अवधि सकिएका उपकरणका स्पेयर पार्ट्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट दिइनुका साथै त्यस्ता वारेन्टी बाहिरका स्पेयर पार्ट्समा कुनै पनि सर्भिस शुल्क नलाग्ने सुविधासमेत उपलब्ध गराइएको कम्पनीले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण