कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शन : मृत्यु हुनेकाे संख्या ८ पुग्याे
कराँची । पाकिस्तानको आर्थिक केन्द्र कराँचीमा आइतबार अमेरिकी वाणिज्य दूतावास नजिक इरान समर्थक प्रदर्शनकारीहरूसँग भएकाे झडपका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ । साे झडपमा २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ ।
घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ । एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको ड्राइभवेमा प्रवेश गर्न सफल भएका थिए । यस क्रममा केही झ्यालहरू तोडिएका थिए भने सुरक्षा टोलीले अश्रु ग्यास प्रहार गरी भीड तितरबितर पार्ने प्रयास गरेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा वाणिज्य दूतावासको मुख्य भवनका झ्याल तोड्दै अमेरिकी झण्डा माथि उडिरहेको र वरिपरि काँडेदार तारले सुरक्षा घेराबन्दी गरिएको दृश्य देखाइएको छ ।
घटनास्थलमा एक युवा प्रदर्शनकारीले भने, “हामी एकताबद्ध रहनुपर्छ, कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन।” अर्काले भने, “हामीले कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा आगो लगाउँदैछौँ, भगवानको इच्छा भए हामी आफ्ना नेताको हत्याको बदला लिन्छौँ ।” यद्यपि आगजनी प्रयास पूर्ण रूपमा सफल भएको पुष्टि हुन सकेको छैन ।
यसैबिच पूर्वी सहर लाहोर र उत्तरी स्कार्दूमा पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी इस्लामाबादस्थित अमेरिकी दूतावास रहेको कूटनीतिक क्षेत्रमा दिउँसो थप प्रदर्शन हुने अपेक्षा गरिएको छ । देशका विभिन्न भागमा फैलिएको आक्रोशले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।
यस घटनालाई विश्लेषकहरूले क्षेत्रीय राजनीतिक तनावसँग जोडेर हेरेका छन् । विशेष गरी इरान–अमेरिका–इजरायल सम्बन्धको पछिल्लो सङ्घर्षपछि यस्तो प्रतिक्रियाले गम्भीर सुरक्षा चुनौती प्रस्तुत गरेको देखिन्छ । प्रदर्शन र आक्रमण प्रयासले पाकिस्तानमा विदेशी दूतावासको सुरक्षा व्यवस्थामा फेरि व्यापक सतर्कता र आपतकालीन तयारी आवश्यक भएको पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण