उज्यालो नेपाल पार्टीका उम्मेदवारद्वारा एमालेका विनोद ढकाललाई समर्थन
सारांश
- उज्यालो नेपाल पार्टीका बसन्त बुढाथोकीले मोरङ-६ मा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए।
- बुढाथोकीले ढकाललाई क्षेत्रको विकास र जनताको आवाज उठाउन सक्ने एक्लो उम्मेदवार भएको बताए।
- उनले पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र क्षेत्रको हितका लागि यो निर्णय लिएको बताए।
विराटनगर। मोरङ क्षेत्र नम्बर ६ मा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका बसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्। आइतबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत बुढाथोकीले ढकाललाई विजयी गराउन आफ्नो उम्मेदवारी निष्क्रिय गराएको जानकारी दिएका हुन्।
बुढाथोकीले मोरङ ६ को समग्र विकास, स्थिरता र सदनमा सशक्त आवाज उठाउन सक्ने एक्लो उम्मेदवार विनोद ढकाल मात्रै भएको दाबी गरे। विगतमा यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले जनताका समस्यालाई उपेक्षा गरेको र विकास निर्माणमा कुनै ठोस काम नगरेको आरोप लगाउँदै उनले अहिलेको अवस्थामा ढकाल नै उपयुक्त विकल्प भएको बताए।
पार्टीगत घेराभन्दा माथि उठेर देश र क्षेत्रको हितका लागि आफूले यो निर्णय लिएको बुढाथोकीको भनाइ छ। मोरङ ६ ले बलियो र प्रभावकारी प्रतिनिधित्व खोजिरहेकाले आफूले ढकाललाई रोजेको उनले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण