पाल्पा–२ मा प्रत्यक्षतर्फ थापा मगर, समानुपातिकतर्फ ‘आँखा’मा मतदान गर्ने सहमति
सारांश
- पाल्पा निर्वाचन क्षेत्र २ मा प्रलाेपाका उम्मेदवारले स्वतन्त्र उम्मेदवारलाई सघाउने सहमति गरेका छन्।
- प्रलाेपाका उम्मेदवारले उम्मेदवारी निष्क्रिय पार्दै थापा मगरलाई समर्थन गर्ने भएका छन्।
- थापा मगरको चुनाव चिन्ह 'प्रेसर कुकर' मा मतदान गरी विजयी गराउने सहमति भएको छ।
काठमाडाैँ । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलाेपा)का उम्मेदवार बोधराज भण्डारी कृष्ण र स्वतन्त्र उम्मेदवार मोहन थापा मगरबिच सहमति भएकाे छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रलोपाका उम्मेदवार भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर स्वतन्त्र उम्मेदवार थापा मगरलाई सघाउने सहमति भएकाे हाे ।
आइतबार थापा मगरकाे चुनाव चिन्ह 'प्रेसर कुकर' मा मतदान गरी विजयी गराउने सहमति भएकाे हाे।
यस निर्वाचनमा समानुपातिक मत दुवै उम्मेदवारले प्रलोपाको चुनाव चिन्ह 'आँखा' मा मतदान गर्ने सहमति समेत भएकाे छ ।
पाल्पा निर्वाचन क्षेत्र २ मा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार मोहन थापालाई विजयी गराउन र समानुपातिक मत 'आँखा' चिह्नमा मतदान गर्न सम्पूर्ण मतदातामा अपिल समेत गरिएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण