यस वर्षको ‘महामूर्ख’को उपाधिबाट सभामुख यादव सम्मानित
सारांश
- सभामुख यादवलाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरियो।
- विभिन्न व्यक्तिहरूलाई वैशाखानन्द, तिलविखनी, लवरसट्का, जी हजुरिया लगायतका उपाधि दिइयो।
- कार्यक्रममा मिथिलाको कला र संस्कृतिको बारेमा चर्चा भयो।
जनकपुर । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवलाई होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको ‘महामूर्ख’को उपाधि प्रदान गरिएको छ ।
सोमबार जनकपुरधाम उपमहानगरपालिका तथा जनक मन्दिरको सह–आयोजनामा गरिएको होरी महोत्सव तथा महामूर्ख सम्मेलनअन्तर्गत जनकपुरधाममा दुई दिने महामूर्ख सम्मेलनमा सभामुख यादवलाई सो उपाधि प्रदान गरिएको हो । सभामुख यादवलाई मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्वअध्यक्ष प्रमेश झा, सुनिल मिश्रलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा आधुनिक शिक्षामा योगदान दिएबापत राकेश कर्णलाई वैशाखानन्द, मैथिली अभियानी विभा झालाई तिलविखनी, कानुन व्यवसायी विपिनकुमार झालाई लवरसट्का, पत्रकार एवं साहित्यकार हिमांशु चौधरीलाई जी हजुरिया सम्मानले सम्मानित गरिएको छ ।
कवि एवं साहित्यकार दिगम्बर झा दिनमणिलाई पोना पण्डित, शिक्षासँगै संस्कार दिने निजी विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई पटमूर्ख, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख अञ्जु पाण्डेलाई मनतोरिया, न्युरो सर्जन डा विजय राउतलाई विसखोपडा, उद्योगपति प्रदीप चौधरीलाई तरघुस्ताले सम्मानित गरिएको छ ।
महामूर्ख सम्मेलनमा ह्यान्डबलका खेलाडी पवन कर्णलाई बज्रकिट, सुन व्यवसायी पवन ठाकुरलाई डपोरशङ्ख, मिथिला चित्रकार राजकुमारी मण्डललाई तरघुस्की, युवा लव अधिकारीलाई लोढाशङ्कर तथा नेपाल टेलिभिजनका मैथिली समाचार वाचक दीपक कर्णलाई लम्बोदर सम्मानले सम्मानित गरिएको छ ।
कार्यक्रममा बोल्दै सभामुख रामआशिष यादवले महामूर्खको उपाधिले सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै मिथिला नाट्यकला परिषद्ले मिथिलाको कला, संस्कृति र संस्कारलाई जीवन्त राखेकामा खुसी व्यक्त गरे ।
महामूर्ख सम्मेलनमा दिगम्बर झा दिनमणि, पुनम झा मैथिल, पत्रकार सन्तोष कर्ण, विजयदत्त मणिसहितका कविले होरीमा आधारित कवितावाचन गर्नुभएको थियो । कार्यक्रममा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले दोकान नाटक क्षणिकाका साथै विभिन्न प्रकारका होरीका गीतहरू गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण