नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द
सारांश
- नेपाल वायुसेवा निगमले दुबई र दोहाका उडान रद्द गरेको छ ।
- मध्यपूर्वको अवस्था र हवाई क्षेत्र बन्दले गर्दा उडान रद्द भएका हुन् ।
- यात्रुहरूलाई निगमको सूचनाअनुसार सम्पर्क गर्न आग्रह गरिएको छ।
काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका साेमाबारसम्मका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ ।
मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका जुनियर सहायक अङ्कित ढुङ्गानाले राससलाई जानकारी दिए ।
उनले भने, “मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम (आरए २२९/२३०) का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रूपमा रद्द गरिएको हो ।”
यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ ।
थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९/९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण