भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण
सोमबार, १८ फागुन २०८२, ०२ : ०३
सारांश
- भारत सरकारले निर्वाचनका लागि ३० वटा वान टन क्षमताका ट्रकहरू हस्तान्तरण गर्यो।
- महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रजिअ भोला दाहाललाई सामग्री हस्तान्तरण गरिन्।
- नेपाल सरकारको अनुरोधमा निर्वाचन सहयोगका लागि उक्त सहयोग उपलब्ध गराइएको हो।
पर्सा । भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइतबार यहाँ आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक तथा अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका प्रजिअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकामा भारत सरकारप्रति आभार व्यक्त गरे ।
यसअघि, भारत सरकारले निर्वाचन सहयोगअन्तर्गत ५८० थान भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण