इरान–इजरायल युद्ध
कतारको राजधानी दोहामा शृङ्खलाबद्ध शक्तिशाली विस्फोट
मङ्गलबार, १९ फागुन २०८२, ०४ : ४०
सारांश
- कतारको दोहामा शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।
- विस्फोटका कारण सहरबासीहरूमा त्रास फैलिएको छ, तर कुनै मानवीय क्षति भएको छैन।
- इरान र इजरायल-अमेरिकाबीचको द्वन्द्वका कारण कतारमा सुरक्षा संवेदनशीलता बढेको छ।
दोहा । कतारको राजधानी दोहामा मंगलबार राति शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठुला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको हो ।
मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानीमा यी विस्फोटहरू भएका हुन् । यसअघि मंगलबार बिहान पनि सहरमा विस्फोटका आवाजहरू सुनिएका थिए ।
विस्फोटका कारण सहरबासीहरूमा त्रास फैलिएको भए पनि हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको छैन । अधिकारीहरूले विस्फोटको प्रकृति र त्यसबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।
इरान र इजरायल–अमेरिकाबिचको बढ्दो द्वन्द्वका कारण मध्यपूर्वका अन्य देशहरूसँगै कतारमा पनि सुरक्षा संवेदनशीलता उच्च बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण