एनआरएनएको निर्वाचन कार्यतालिका परिमार्जन, प्रारम्भिक मतदाता नामावली सार्वजनिक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ।
निर्वाचन समितिका अनुसार मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै संघको निर्वाचन कार्यतालिकामा संशोधन गरिएको हो। निर्वाचन समितिका अनुसार उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
समितिले उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरेको जनाएको छ।
साथै, क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिमा छलफल भइरहेको बताइएको छ।
यसैबीच, एनआरएनएको १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिको कार्यालय, बालुवाटारले फागुन ३० देखि चैत २ सम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनअन्तर्गत फागुन ३० र चैत १ मा हुने निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो।
प्रारम्भिक मतदाता नामावली निर्वाचन समितिको सूचना पाटी तथा संघको आधिकारिक वेबसाइटमा हेर्न सकिने जनाइएको छ। यद्यपि केही एनआरएनहरुले एकपक्षीय ढंगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण