बम भनेर तर्साएको झोलामा कृत्रिम गर्भाधानको नाइट्रोजन
मङ्गलबार, १९ फागुन २०८२, १४ : ५९
सारांश
- पोखराको लेक साइडमा शङ्कास्पद वस्तु भनिएको झोलामा कृत्रिम गर्भाधानका लागि प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भेटियो।
- करिब २ घण्टासम्म स्थानीय त्रसित भएपछि नेपाली सेनाले डिस्पोज गर्दा सिमोन र नाइट्रोजन भेटिएको पुष्टि भयो।
- झोला राख्ने व्यक्ति सम्पर्कमा आएपछि प्रहरीले झोला र उनी दुवैलाई नियन्त्रणमा लिएको छ।
पोखरा । पोखराको लेक साइडमा भेटिएको शङ्कास्पद वस्तु भनिएको झोलामा कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भएको पुष्टि भएको छ । करिब २ घण्टासम्म शङ्कास्पद वस्तु भनेर स्थानीय त्रसित भएका थिए ।
नेपाली सेना आएर डिस्पोजका क्रममा सिमोन सहितको नाइट्रोजन भेटिएको हो । डिस्पोजकै क्रममा भिडियो भाइरल भएपछि झोलाका सम्बन्धित व्यक्ति आइपुगेका थिए ।
एक व्यक्तिले केहीबेर राखिदिन भन्दै झोला टेलर्समा राखेका थिए । उनी निस्किने बित्तिकै झोलाबाट धुवाँसहित गन्ध आएपछि प्रहरीमा खबर गरेका थिए । झोला र सम्पर्कमा आएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी तालबाराही स्कुलमा सहायक मतदान अधिकृतका रूपमा खटिएका कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण