निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा एक व्यक्ति पक्राउ
मङ्गलबार, १९ फागुन २०८२, १७ : ००
सारांश
- बर्दिया प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मधुवन नगरपालिका ६ का केशरसिंह विक रहेका छन्।
- प्रहरीका अनुसार उनले सडकमा शंकास्पद वस्तु राखेर बाटो अवरोध गरेका थिए।
बर्दिया । बर्दियामा प्रहरीले निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मधुवन नगरपालिका ६ का केशरसिंह विक रहेका छन् ।
उनले गुलरिया नगरपालिका– १ खैरापुरस्थित सडकमा शंकास्पद वस्तु राखेर बाटो अवरोध गरी निर्वाचन विरोधी क्रियापकलाप गरेको प्रहरीले जनाएको छ ।
सोमबार पक्राउ परेका विकमाथि थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण