दुर्घटना अपडेट
भक्तपुर दुर्घटना : कारमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु
मङ्गलबार, १९ फागुन २०८२, १९ : ४५
सारांश
- भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
- सोमबार नगरकोटबाट काठमाडौँ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते भएका थिए।
- दुर्घटनामा मृत्यु हुनेमा चालक योगेन्द्र प्रधान र अन्य दुई जना रहेका छन्।
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालय स्थित बागेश्वरी भवन अगाडी भएको कार दुर्घटनामा घाइते भएका ३ जनाको मृत्यु भएको छ । सोमबार नगरकोटबाट काठमाडौँ आउँदै गरेको बा.५ च ७८८१ नम्बरको निजी कार दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
घाइतेहरू मध्येका ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । मृत्यु हुनेमा कार चालक काठमाडौँ–३२ बस्ने ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णा प्रधान छन् ।
कार आफैँ अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ४५ वर्षीया अनिता प्रधान र ४९ वर्षीया जय देवी प्रधानको उपचार भइरहेको छ ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
-
रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्याट, बाउन्सर र सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण