खामेनीको सम्झनामा तेहरानमा आजदेखि तीनदिने कार्यक्रम
बुधबार, २० फागुन २०८२, १२ : ४४
सारांश
- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्झनामा तेहरानमा तीनदिने कार्यक्रम सुरु हुने भएको छ।
- कार्यक्रम तेहरानको ग्रान्ड मुसल्ला प्रार्थना हलमा राति १० बजे सुरु हुनेछ, जसमा देशभरका समर्थकहरूको सहभागिता रहनेछ।
- यसअघि पनि खामेनीको सम्झनामा इरानका विभिन्न शहरहरूमा शोकसभाहरू आयोजना गरिएको थियो।
तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका समर्थकहरूले आज राति तेहरानमा तीनदिने स्मरण कार्यक्रम सुरु गर्ने भएका छन् ।
इरानी समाचार संस्था तस्निमका अनुसार कार्यक्रम स्थानीय समय अनुसार राति १० बजे तेहरानको ग्रान्ड मुसल्ला प्रार्थना हलमा आरम्भ हुनेछ । रिपोर्ट अनुसार कार्यक्रममा देशभरबाट समर्थकहरू सहभागी हुने अपेक्षा गरिएको छ । खामेनीको अन्त्येष्टिबारे विस्तृत कार्यक्रम भने चाँडै सार्वजनिक गरिने बताइएको छ ।
यसअघि पनि इरानका विभिन्न शहरहरूमा खामेनीको स्मरणमा ठुलो भीड सडकमा उत्रिएको र शोकसभाहरू आयोजना गरिएको तस्निमले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण