सिरहाको गोलबजारमा वडाध्यक्षसहित चार जनामाथि कुटपिट
सारांश
- सिरहाको गोलबजार नगरपालिकामा वडाध्यक्षसहित चार जनामाथि कुटपिट भएको छ।
- घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ, र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
- आक्रमणको कारणबारे दुई थरी दाबी सार्वजनिक भएका छन्: निर्वाचनको मौन अवधिमा रकम बाँडिएको र पुरानो रिसइवीको कारण आक्रमण भएको।
सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ११ बलकवाका वडाध्यक्षसहित चार जनामाथि बुधबार राती कुटपिट भएको छ । बलकवा बजारसँगै जोडिएको मैनाबत्ती खोला किनारमा पर्ने गाउँ पुगेका वडाध्यक्ष सोहेव अनवरसहितका युवाहरूमाथि राती करिब ९ बजेतिर आक्रमण भएको हो ।
कुटपिटबाट वडाध्यक्ष अनवर, २४ वर्षीय अमर खान, २५ वर्षीय नसिरुल र २४ वर्षीय सरोज यादव घाइते भएका छन् । घाइते चारै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको हाल गोलबजारस्थित बर्दमान अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । आक्रमणकारीले दाउराको चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ ।
आक्रमणको कारणबारे स्थानीयस्तरमा दुई थरी दाबी सार्वजनिक भएका छन् । स्थानीय विजय यादवले निर्वाचनको मौन अवधिमा वडाध्यक्षको टोलीले गाउँमा रकम बाँडिरहेको अवस्थामा स्थानीयले फेला पारेर कुटपिट गरेको आरोप लगाएका छन् । यद्यपि, प्रहरीले भने हालसम्म रकम बाँडेको कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा बलकवास्थित वडा कार्यालयमा आगजनी भएको थियो । सो घटनामा वडा कार्यालयले संलग्नहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको झोकमा पुरानो रिसइवी साध्न नियोजित रूपमा आक्रमण गरिएको दाबी पनि गरिएको छ ।
कुटपिटमा परेका वडाध्यक्ष अनवर जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण