इरानसम्बन्धी युद्ध अधिकार सीमित गर्ने प्रस्ताव अमेरिकी सिनेटमा असफल
सारांश
- अमेरिकी सिनेटमा इरानविरुद्ध सैन्य कारबाही गर्नुअघि कांग्रेसको स्वीकृति लिनुपर्ने प्रस्ताव असफल भयो।
- प्रस्ताव ४७-५३ मतले खारेज भयो, जसमा रिपब्लिकन र डेमोक्रेट सिनेटरहरू विभाजित भए।
- प्रस्ताव पारित हुन नसकेपछि अब प्रतिनिधिसभामा मतदान हुनेछ।
वासिङ्टन डिसी । डेमोक्रेटहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध भविष्यमा अमेरिकी सैन्य कारबाही गर्नुअघि कांग्रेसको स्वीकृति लिनुपर्ने मागसहित अघि सारेको प्रस्ताव अमेरिकी सिनेटमा असफल भएको छ ।
सिनेटमा भएको मतदानमा प्रस्ताव ४७–५३ मतले खारेज भयो । रिपब्लिकन सिनेटर र्यान्ड पलले अधिकांश डेमोक्रेटसँग मिलेर प्रस्ताव अघि बढाउने पक्षमा मतदान गरे भने डेमोक्रेट सिनेटर जोन फेटरम्यानले रिपब्लिकनहरूसँग मिलेर प्रस्ताव रोक्ने पक्षमा मत दिए ।
प्रस्ताव अघि बढेको भए पनि क्यापिटल हिल (अमेरिकी संसद भवन)मा प्रस्तावको आगामी बाटो कठिन रहने आकलन गरिएको थियो । यसले सिनेटमा पूर्ण संशोधन प्रक्रिया पार गर्नुपर्ने, त्यसपछि प्रतिनिधिसभामा जानुपर्ने र अन्ततः राष्ट्रपतिको सम्भावित भिटोलाई उल्टाउन दुई तिहाइ मत आवश्यक पर्ने थियो ।
ट्रम्पले यसअघि भेनेजुएलामा आफ्नो सैन्य कारबाहीविरुद्ध प्रस्ताव अघि बढाउने आफ्नै पार्टीका पाँच सिनेटरमाथि आलोचना गरेपछि इरान मामिलामा राष्ट्रपतिको बचाव गर्ने रिपब्लिकन सिनेटरहरूको यस निर्णय आएको हो ।
ती पाँचमध्ये र्यान्ड पल मात्र यसपटक पनि राष्ट्रपतिको अधिकार सीमित गर्ने पक्षमा उभिए । यसै विषयमा अमेरिकी प्रतिनिधिसभाले बिहीबार मतदान गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण