बागलुङमा उत्साहपूर्ण रूपमा मतदान, १२ बजेसम्म खस्यो १७ प्रतिशत मत
बागलुङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बागलुङमा बिहानैदेखि उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । मध्याह्न १२ बजेसम्म जिल्लाभर १७ प्रतिशत मतदान भएको छ ।
जिल्लाका २१० वटै मतदान केन्द्रमा मतदान नियमित भएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
बागलुङका १३० मतदान केन्द्रबाट ९४ हजार ८०६ जना पुरुष र ९८ हजार ५७४ महिला गरी १ लाख ९३ हजार ३८१ जना मतदाता छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । कारागारमा ५५ मतदातामध्ये ५३ जनाले मतदान गरिसकेका छन् ।
बागलुङ–१ का कांग्रेस उमेदवार भीम श्रीषले जैमिनी नगरपालिका–१० को राङखानी माध्यमिक विद्यालय मतदान केन्द्र, एमाले उम्मेदवार हिराबहादुर केसीले लक्ष्मी माध्यमिक विद्यालय काठोखोला गाउँपालिका–३ धम्जा, रास्वपाका सुशील खड्काले बागलुङ नगरपालिका–३ को कालिका कन्या र राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।
क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार टेकराज पौडेलले निसीखोला गाउँपालिका–४ को झिम्पास्थित जनमाध्यमिक विद्यालय, एमाले उमेदवार मञ्जु शर्माले गलकोट नगरपालिका–३ को हटिया, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ज्ञामनाथ गैरेले गलकोट नगरपालिका–६ को पार्वती माध्यमिक विद्यालयबाट मतदान गरिसकेका छन् । रास्वपाका सोम शर्माले भने आफूलाई मत हाल्न पाएनन् । उनको मतदाता नामावली क्षेत्र नम्बर १ मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण