उदयपुरमा मोटरसाइकल रुखमा ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
सारांश
- उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूको विराटनगरमा उपचार भइरहेको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, तीव्र गति र तीन जना सवार हुनु दुर्घटनाको कारण हुनसक्ने अनुमान छ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका वडा नं। १० भिमा खण्डमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकल सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किँदा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाई बस्ने १८ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा चौदण्डीगढी–५ सिवाई बस्ने १८ वर्षीय मौसम चौधरी र सोही ठाउँका २३ वर्षीय अशोक चौधरी रहेका छन् ।
घाइते दुवै जनालाई नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।
बिहान करिब ११:०० बजे भएको उक्त दुर्घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण