तनहुँमा अहिलेसम्म करिब ३० प्रतिशतले गरे मतदान
तनहुँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तनहुँमा हालसम्म २९ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
दुवै निर्वाचन क्षेत्रमा गरेर २९.९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले रातोपाटीलाई जानकारी दिए ।
तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता छन् । महिला एक लाख ३० हजार ९०६ र पुरुष एक लाख २३ हजार ४९१ जना मतदाता छन् ।
तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४४ मतदानस्थल तोकिएको छ । २ अस्थायी गरेर ३११ मतदान केन्द्र छन् । आठ वटा मतदान केन्द्र ‘अति संवेदनशील’ को सूचीमा राखिएको छ ।
तनहुँ–१ मा ६९ मतदानस्थल छ । यो निर्वाचन क्षेत्रमा दुई अस्थायीसहित १५५ मतदान केन्द्र कायम भएको छ । यस क्षेत्रमा ३ महिलासहित १६ उमेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा ६५ हजार १०४ महिला र ६१ हजार ७७८ पुरुष गरेर एक लाख २६ हजार ८८२ मतदाताले मतदान गर्नेछन् ।
तनहुँ–२ मा ६५ हजार ८०२ महिला र ६१ हजार ७१३ पुरुष गरेर १ लाख २७ हजार ५१५ मतदाता छन् । ७५ मतदानस्थल र १५६ मतदान केन्द्र कायम गरिएको छ । तनहुँ–२ बाट एक महिलासहित ११ जना उमेदवार प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण