अमेरिका-इरान तनाव
अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गरेको इरानको दाबी
बिहीबार, २१ फागुन २०८२, १७ : ०३
काठमाडौँ । इरानले खाडी क्षेत्रमा आफूले अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले विज्ञप्ति जारी गर्दै उत्तरी फारस खाडीमा अमेरिकी ध्वजाबाहक एक तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको हो ।
युद्धको अवस्थामा होर्मुज जलडमरूको नियन्त्रण इरानको अधिकारभित्र रहेको र अमेरिकी, इजरायली, युरोपेली तथा उनीहरूका सहयोगी देशका जहाजहरूलाई अनुमति नदिइने चेतावनी आईआरजीसीले दोहोर्याएको छ ।
यो घटनाले खाडी क्षेत्रको तनाव अझ बढाउने संकेत दिएको छ । गत शनिबारदेखि सुरू भएको इजरायल-अमेरिका र इरानबिचको युद्धका कारण हालसम्म १ हजार ४५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण