प्रतिनिधिसभा निर्वाचन-२०८२
कानुन अभावले ‘नो भोट’को व्यवस्था लागु गर्न सकेनौँ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
बिहीबार, २१ फागुन २०८२, १८ : ५०
सारांश
- निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कानुन अभावका कारण ‘नो भोट’को व्यवस्था गर्न नसकेको बताए।
- भण्डारीले मतदानपछि पत्रकार सम्मेलनमा कानुनी बाध्यता रहेको र सरकारले कानुन नबनाएको बताए।
- उनले आगामी निर्वाचनमा यो समस्या समाधान हुने कुरा व्यक्त गरे।
काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कानुन अभावका कारण ‘नो भोट’को व्यवस्था गर्न नसकेको बताएका छन् । मतदान सम्पन्नपछि बिहीबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले कानुनी बाध्यता बताएका हुन् ।
‘कानुनको अभावमा नो भोटको व्यवस्था गर्न सकेनौँ । सरकारले कानुन बनाइदिएको भए अहिले प्रश्न उठ्दैनथ्यो । कानुन नबनाइकन नो भोटको व्यवस्था गरेको भए अन्तर्राष्ट्रिय कानुनले वैधता नदिन पनि सक्थ्यो,’ उनले भने, ‘दुई वर्षअघि पनि कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका थियौँ ।‘
बेलैमा कानुन बन्न नसक्दा यो निर्वाचनमा ‘नो भोट’को व्यवस्था लागु गर्न नसकेको उनको भनाइ छ । ‘आगामी निर्वाचनमा यो समस्या हल हुन्छ’, भण्डारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण