यूएईमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह
बिहीबार, २१ फागुन २०८२, २२ : ३७
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौँ । आबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्समा विकसित जटिल परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।
दूतावासले बिहीबार एक सूचना जारी गर्दै यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशिका कडाइका साथ पालना गर्न, अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो।
सुरक्षा साइरन बजेको समयमा फोटो वा भिडियो नखिच्न तथा घटनास्थल सम्बन्धी कुनै पनि तस्बिर सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि दूतावासले आग्रह गरेको छ।
साइरन बज्नेबित्तिकै तुरुन्त सुरक्षित स्थानमा जान र खतरा पूर्ण रूपमा नटरेसम्म त्यहीँ सुरक्षित रूपमा बस्नसमेत अनुरोध गरिएको छ।
दूतावासले सबै नेपालीलाई उच्च सतर्कता अपनाउँदै आधिकारिक सूचनामात्र अनुसरण गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण