अपडेट
काठमाडौँ –४ को मतगणना साढे ११ बजेदेखि सुरु हुने
बिहीबार, २१ फागुन २०८२, २२ : ५७
सारांश
- काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेबाट सुरु हुने भएको छ।
- मतगणना सुरु गर्नका लागि क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरिएको छ।
- सर्वदलीय बैठकले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ जयभद्रकाली मावि मतदान केन्द्रबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि सुरु हुने भएको छ ।
क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकल भएसँगै सर्वदलीय बैठक समेत सम्पन्न भइसकेको छ ।
सर्वदलीय बैठकले साढे ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको काठमाडौँ ४ निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन् । उनका अनुसार सर्वदलीय बैठकले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ जयभद्रकाली मावि मतदान केन्द्रबाट सुरु गर्ने तयारी भएको छ ।
यहाँ नेपाली कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा एमालेबाट राजन भट्टराई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाटइन्द्र कुमार भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुकार बम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरेन्द्र राज भण्डारीलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण