बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुलीमा बिहान ११ बजेबाट मतगणना सुरु गरिने

शुक्रबार, २२ फागुन २०८२, १० : ४८
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ।
  • सर्वदलीय बैठकले मतगणना जिल्ला प्रशासन कार्यालयमा गर्ने निर्णय गरेको छ।
  • सिन्धुलीमा ५३.५८ प्रतिशत मत खसेको छ, जसमा १ लाख १५ हजार २१४ जनाले मतदान गरेका छन्।

सिन्धुली । सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको मत गणना बिहान ११ बजेबाट गरिने भएको छ । सिन्धुलीमा बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना गर्ने सहमति जनाएको हो ।  

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको सभा हलमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनकाअनुसार जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सिन्धुली–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको भुईतला र मकवानपुर–२ को सोही भवनको दोस्रो तलामा  ३÷३ स्थानबाट मतगणना गरिनेछ । 

सिन्धुली–१ मा फिक्कल गाउँपालिकाबाट मतगणना सुरु गरिने छ भने त्यसपछि क्रमशः गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका हुँदै अन्तिममा कमलामाई नगरपालिकाको वडा नम्बर ९, १३ र १४ को मतगणना गरिने सर्वदलीय बैठकको निर्णय छ । 

त्यसैगरी, सिन्धुली–२ को मतगणना सुनेकासी गाउँपालिकाबाट सुरु गरिने र क्रमशः घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिने छ । 

सिन्धुलीमा बिहीबार सम्पन्न मतदानमा ५३।५८ प्रतिशत मत खसेको छ । कुल २ लाख १५ हजार १९ मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप