रसुवामा कांग्रेसका आचार्य दोब्बर मतान्तरले अगाडि
शुक्रबार, २२ फागुन २०८२, ११ : ५१
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अग्रता लिएका छन् ।
७ हजार ३०६ मत गणना हुँदा नेपाली कांग्रेसका आचार्यले तीन हजार ३२९ मतसहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रास्वपाका उम्मेदवार बसन्त भट्टले एक हजार ६२४ मत पाएका छन् ।
यस्तै, एमालेका प्रेमबहादुर तामाङ एक हजार १८३ मतसहित तेस्रो स्थानमा रहँदा उज्यालो पार्टीका मानबहादुर तामाङ ४७५ मतसहित चौथो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाद लामिछानेले २६० मत पाएका छन् ।
अहिलेसम्म ३२३ मत बदर भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण