हुम्लामा १६१५ मत गणना हुँदा रास्वपाले ७ मत पायो, बदर २८
हुम्ला । हुम्लामा हालसम्म कुल १६१५ मत गणना हुँदा नेपाल कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले अग्रता बनाइरहेका छन् । अहिले ताजाकोट गाउँपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जसअनुसार २८ मत बदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टासी ल्हाजोमले भने मात्र ७ मत पाएकी छन् ।
रास्वपाले यिनलाई सुरुवातमा समानुपातिक सूचीमा समावेश गरेको थियो । आलोचना बढेपछि उनले आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् ।
ताजाकोट गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिँदा रोकायाले ८६३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसअनुसार नेपाली कांग्रेसका जयपति रोकायाले २७७ मत पाएका छन् भने नेकपा एमालेका दल फडेराले ३७९ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गुलाफ चिह्नधारी कुम्भ बुढाले ६४ मत पाएका छन् । यहाँ राप्रपाले मतको खाता खोल्न सकेको छैन ।
कुल खसेको १६१५ मतमध्ये २८ मत भनेको गणना मतको १.७३ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण