शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रास्वपा अवस्था

अग्रता लिएका १०८ स्थानबाहेक अन्य निर्वाचन क्षेत्रमा रास्वपाको अवस्था के छ ?

शनिबार, २३ फागुन २०८२, ०१ : ४७
शनिबार, २३ फागुन २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पक्षमा व्यापक जनमत प्राप्त गरेको छ । मतगणना जारी रहँदा अहिलेसम्म रास्वपा ७ स्थानमा विजयी भइसकेको छ भने १०८ स्थानमा अग्रता लिएको छ ।

मतगणना जारी रहेका अन्य क्षेत्रमा रास्वपाको अवस्था के छ भन्नेबारे चासो हुनु स्वाभाविक हो । अग्रता लिएका बाहेकका अधिकांश क्षेत्रमा रास्वपा तेस्रो स्थानमा देखिएको भने केही स्थानमा दोस्रो स्थानमा पनि छ ।

दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा १० हजार ३७६ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका रविन्द्र राज शर्मा ९ हजार ७६३ मतसहित दोस्रो र रास्वपाका नन्दकिशोर बस्नेत ७ हजार २०९ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णु बहादुर खड्काले ९ हजार २०२ मतसहित अग्रता बनाउँदा नेकपा एमालेका ध्रुवकुमार शाही ६ हजार ५४५ मतसहित दोस्रो र रास्वपाका टेकबहादुर सिंह ठकुरी ५ हजार ३५३ मतसहित तेस्रो स्थानमा छन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह ९ हजार ३८ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका प्रकाश रजौरिया ८ हजार २३२ मतसहित दोस्रो स्थानमा छन् ।

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा ८ हजार ३९२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका भानुभक्त ढकाल ८ हजार १९६ मतसहित दोस्रो र रास्वपाका सुरेन्द्र कार्की ६ हजार ४३० मतसहित तेस्रो स्थानमा छन् ।

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले ३ हजार ६४९ मतसहित अग्रता बनाउँदा नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारी दुई हजार ७५८ मतसहित दोस्रो, रास्वपाका वोधनारायण श्रेष्ठ एक हजार ८९७ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै ताप्लेजुङमा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ३ हजार २७२ सहित अग्रता लिँदा नेकपा एमालेका क्षितिज थेबे ३ हजार १४० मतसहित दोस्रो, नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री तेस्रो र रास्वपाका बिरेन्द्र श्रेष्ठ एक हजार ७१ मतसहित चौथो स्थानमा छन् ।

रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका फिरदोश आलमले दुई हजार ६९२ मतसहित अग्रता बनाउँदा रास्वपाका शेख सगिर एक हजार ८९९ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसका वंशलाल तामाङ २ हजार १८३ मतसहित अग्रस्थानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल दोस्रो, नेकपा एमालेका शेरबहादुर तामाङ तेस्रो स्थानमा रहँदा रास्वपाका झलक कुमार श्रेष्ठ एक हजार २९२ मतसहित चौथो स्थानमा छन् ।

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी एक हजार ८६९ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका लालबहादुर थापा एक हजार ११० मतसहित दोस्रो र रास्वपाका हेमराज थापा ३१९ मतसहित तेस्रो स्थानमा छन् ।

इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राईले ९७७ मतसहित प्रारम्भिक अग्रता लिँदा नेकपा एमालेका काजीमान कागते ७४३ मतसहित दोस्रो र रास्वपाका विमल गदाल ६२९ मतसहित तेस्रो स्थानमा छन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका बृजेश कुमार गुप्ता ८ हजार ३४ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका विक्रम थापा ५ हजार ६२ मतसहित दोस्रो स्थानमा छन् ।

काभ्रे–१ का रास्वपाका मधुकुमार चौलागाई २ हजार ३९९ मतसहित चौथो स्थानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका दिननाथ गौतम ६ हजार ६८२ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका गुणराज मुक्तान दोस्रो र नेकपा एमालेका अमि तामाङ तेस्रो स्थानमा छन् ।

सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ दाहाल ६ हजार ३९१ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका आशिष गजुरेल ४ हजार ७९७ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका रमेश कुमार मल्ल ६ हजार ५८ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका केशबहादुर विष्ट २ हजार ३९१ मतसहित दोस्रो र रास्वपाका ललितकुमार चन्द २ हजार २११ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन ४ हजार ४८६ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका सुदन कुमार वली ३ हजार १३० मतसहित दोस्रो, नेकपा एमालेका गोकुल प्रसाद घर्ती २ हजार ६१९ मतसहित तेस्रो र रास्वपाका बालराम थापा दुई हजार ३२९ मतसहित चौथो स्थानमा छन् ।

अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टीका भीम बहादुर रावलले ३ हजार ५९४ मतसहित अग्रता लिँदा नेकपा एमालेका दिपकबहादुर साउद ३ हजार ३१४ मतसहित दोस्रो, नेपाली कांग्रेसका भरतकुमार स्वार ३ हजार २०६ तेस्रो र रास्वपाका ओमप्रकाश रावल ४५५ मतका साथ चौथो स्थानमा छन् ।

यस्तै रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी ७२३ मतसहित चौथो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठ एक हजार ४१७ मतसहित पहिलो स्थानमा छन् । यहाँ उज्यालो नेपाल पार्टी दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा छन् ।

हुम्लामा रास्वपाकी उम्मेदवार टासी ल्हान्जोम ७ मतका साथ पाँचौँ स्थानमा छिन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकाया ८६३ मतसहित अग्रस्थानमा छन् भने नेकपा एमाले दोस्रो, नेपाली कांग्रेस तेस्रो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) चौथो स्थानमा छन् ।

डोल्पामा रास्वपाका उम्मेदवार देवसिंह ऐडी ५९ मतका साथ तेस्रो स्थानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा ५१७ मतसहित पहिलो नम्बरमा हुँदा नेपाली कांग्रेसका कर्णबहादुर बुढा १०९ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै बाँके–२ मा नेकपा एमालेका मोहम्मद ईस्तियाक राई १६ हजार ७१३ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका विवेक कुमार श्रेष्ठ १३ हजार १८२ मतसहित दोस्रो स्थानमा छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्णराज विष्टले ८ हजार ४५६ मतसहित अग्रता बनाउँदा रास्वपाका गोविन्द पन्थी ७ हजार ६८९ मतसहित दोस्रो स्थानमा छन् ।

डोटीमा नेकपा एमालेका दीपकबहादुर धामीले ६ हजार ५२९ मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका भरतबहादुर खड्का ५ हजार ७४६ मतसहित दोस्रो र रास्वपाका नरेन्द्रबहादुर खड्का ३ हजार ९९९ मतसहित तेस्रो स्थानमा छन् ।

बझाङमा एमालेका ऐनबहादुर महरले ५ हजार २५२ मतसहित अग्रता लिँदा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेही ४ हजार ८९० मतसहित दोस्रो स्थानमा छन् । रास्वपाका शैलेश कुमार सिंह तीन हजार ३४४ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै, पाल्पा–१ मा नेकपा एमालेका नारायणप्रसाद आचार्य ५ हजार ११७ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका सन्दीप राना ४ हजार ८५५ मतसहित दोस्रो र रास्वपाका विमल पन्त ४ हजार ३१६ मतसहित तेस्रो स्थानमा छन् ।

सिन्धुली–१ मा नेकपा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्री ४ हजार ४०१ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका उज्ज्वल प्रसाद बराल ३ हजार ४०९ मतसहित दोस्रो र रास्वपाका धनेन्द्र कार्की २ हजार ९३० मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल ३ हजार ९१३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका दिक्पाल कुमार शाही २ हजार ९३४ मतसहित दोस्रो र रास्वपाका बखतबहादुर शाही एक हजार २२९ मतसहित तेस्रो स्थानमा छन् ।

ताप्लेजुङमा रास्वपाका उम्मेदवार बिरेन्द्र श्रेष्ठ एक हजार ७१ मतसहित चौथो स्थानमा छन् । यहाँ नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बु ३ हजार २७२ मतसहित पहिलो, एमालेका क्षितिज थेवे ३ हजार १४० मतसहित दोस्रो र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री १ हजार ८६० मतसहित तेस्रो स्थानमा छन् ।

ओखलढुंगामा एमालेकी अस्मिता थापा २ हजार ५७० मतसहित अग्रस्थानमा रहँदा रास्वपाका विश्वराज पोखरेल एक हजार ९५३ मतसहित दोस्रो स्थानमा छन् ।

स्याङ्जा–२ मा एमालेका खिमबहादुर थापा दुई हजार ४३ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका भागवत प्रकाश मल्ल एक हजार ५१० मतसहित दोस्रो, रास्वपाका झविलाल डुम्रे ८४५ मतसहित तेस्रो स्थानमा छन् ।

अछाम–२ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी एक हजार ५३९ मतसहित पहिलो स्थानमा रहँदा कांग्रेसका पुष्पबहादुर शाह एक हजार ५९ मतसहित दोस्रो र रास्वपाका भुपदेव शाह ७४३ मतसहित तेस्रो स्थानमा छन् ।

यसैगरी दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना एक हजार ४८९ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका धर्मानन्द जोशी एक हजार ४३३ मतसहित दोस्रो र रास्वपाका राजेश सिंह सामन्त ५५८ सहित तेस्रो स्थानमा छन् ।

उदयपुर–२ मा एमालेका अम्बर बहादुर रायमाझी एक हजार ३६२ मतसहित अग्रस्थानमा रहँदा श्रम संस्कृति पार्टीका वलराज राई एक हजार २५४ मतसहित दोस्रो र रास्वपाका सुर्यबहादुर तामाङ एक हजार ११६ मतसहित तेस्रो स्थानमा छन् ।

इलाम–२ मा श्रम संस्कृति पार्टीका सुदिप राईले ५ हजार १५५ मतसहित अग्रस्थान हासिल गर्दा एमालेका सुहाङ नेम्वाङ ४ हजार ६८७ मतसहित दोस्रो, कांग्रेसका भोजराज आचार्य २ हजार ३३ मतसहित तेस्रो, रास्वपाका गोकुल बहादुर राई एक हजार ४८३ सहित चौथो स्थानमा छन् ।

पाँचथरमा रास्वपाका महेन्द्रविक्रम थाम्सुहाङ ३६५ मतसहित छैटौँ स्थानमा रहँदा श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा ३ हजार ४८ मतसहित अग्रस्थानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय परिवर्तन पार्टी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।

खोटाङमा रास्वपाका रुद्र गिरी २७७ मतसहित पाँचौँ स्थानमा छन् । यहाँ श्रम संस्कृति पार्टीका आरेन राई २ हजार ३७८ मतसहित पहिलो स्थानमा रहँदा नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन् ।

यस्तै भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई एक हजार ४०८ मतसहित पहिलो नम्बरमा रहँदा नेपाली कांग्रेसका बालकृष्ण थापा एक हजार ११८ मतसहित दोस्रो स्थानमा छन् । एमालेका शेरधन राई एक हजार १०४ मतसहित तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश प्रसाद ओझा ८३९ मतसहित चौथो स्थानमा छन् ।

म्याग्दीमा रास्वपाका उम्मेदवार युवराज रोका ९३२ मतसहित पाँचौँ स्थानमा रहे । यहाँ स्वतन्त्र उम्मेदवार महावीर पुन १२ हजार ९५२ मतसहित अगाडि छन् ।

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही ६ हजार ७३८ मतसहित अग्रस्थानमा रहँदा रास्वपाकी विनिता कठायत ९१ मतसहित छैठौँ नम्बरमा छिन् ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप