दाङका तीन वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
दाङ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा दाङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ । तीमध्ये दुई स्थानमा नेपाली कांग्रेस र एउटा क्षेत्रमा एमाले मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
दाङ क्षेत्र नम्बर १ मा रास्वपाका देवराज पाठक १५ हजार ४४६ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका योगेन्द्र चौधरीले जम्मा ४ हजार ९९४ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका विपिन कुमार आचार्यले १० हजार १०७ मतसहित अग्रता लिँदा नेकपा एमालेका शंकर पोख्रेल ४ हजार ७५५ मतसहित दोस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर ३ मा रास्वपाका कमल सुवेदी १३ हजार २७७ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले जम्मा ४ हजार ४५७ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण