शंकरलाई उषाकिरणको व्यङ्ग्य : राजीनामाको स्ट्याटस आउनुपर्थ्यो कमरेड
सारांश
- नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले महासचिव शंकर पोखरेलको राजीनामा माग गरेकी छिन्।
- दाङ क्षेत्र नम्बर २ मा पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएपछि उनले राजीनामाको माग गरेकी हुन्।
- तिम्सेनाले पोखरेललाई नैतिकता देखाउन र पार्टीको पुनर्संरचना गर्न आग्रह गरिन्।
काठमाडौँ । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले पार्टीका महासचिव शंकर पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्य उम्मेदवार रहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यसँग पराजित हुने सुनिश्चित भएसँगै तिम्सेनाले शंकरको राजीनामा मागेकी हुन् ।
बिहान पोखरेलले आफ्नो हार स्वीकार गरिसकेका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै आफ्ना प्रतिद्वन्द्वीलाई बधाई समेत दिएका छन् । सो स्ट्याटसमा जवाफी लेख्दै तिम्सेनाले पोखरेललाई नैतिकता देखाउन माग गरेकी छन् ।
उनले लेखेकी छन्, ‘ आफ्नो जिम्मेवारीबाट राजीनामा लेखेर यो स्ट्याटस लेख्नु पर्थ्यो कमरेड। राजनीतिमा सबैभन्दा ठुलो कुरा नैतिकता हो ।
समाजबाट पुरै बेखबर तपाईँ र सिङ्गो कमिटीले आफ्नो पुनसंरचना र पुनर्गठन गर्नु जरुरी छ । तपाईँको पुस्ता सामान्य असफल मात्रै होइन, यो सर्वनाशको कारण पनि हो ।
खासमा बस्तुगत भएर मात्र अगाडी बढ्न वा नबढ्न सकिन्छ । आगे जो इच्छा कमरेड । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण