यी ७ क्षेत्रमा कांग्रेसले अग्रता लिँदा पछि पर्यो रास्वपा
सारांश
- प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
- सोलुखुम्बु, बाजुरा, पाँचथर, स्याङ्जा, रौतहट, ओखलढुंगा र नुवाकोटमा कांग्रेसका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केही क्षेत्रमा पछि परेको छ, भने कांग्रेसका उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसले देशका विभिन्न ७ निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ ।
पछिल्लो प्राप्त परिणाम अनुसार हिमाली जिल्लादेखि मधेससम्मका क्षेत्रहरूमा कांग्रेसका उम्मेदवारहरू अन्य प्रतिस्पर्धी भन्दा अगाडि देखिएका छन् । देशभर धेरै क्षेत्रमा अग्रता र जित कायम गर्दै तहल्का मच्चाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने पछि परेको छ ।
नेपाली कांग्रेस अगाडि रहेका ७ क्षेत्रमा पहिलो सोलुखुम्बु निर्वाचन क्षेत्र नम्बर १ हो । जसमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले ६ हजार ७७३ मतका साथ अग्रता लिएका छन् । उनलाई नेकपा (एमाले) की उम्मेदवार कल्पना राईले पछ्याइरहेकी छन् ।
बाजुरामा कांग्रेसका उम्मेदवार जनक राज गिरीले ११ हजार १८५ मतसहित अग्रता कायम गरेका छन् । उनलाई एमालेका लाल बहादुर थापा र रास्वपाका हेमराज थापा पछ्याइरहेका छन् । पाँचथर निर्वाचन क्षेत्र नम्बर १ मा पनि कांग्रेसका नरेन्द्र कुमार केरुङ १४ हजार ०५२ मतका साथ पहिलो स्थानमा छन् । उनलाई एमालेका अइन्द्र सुन्दर नेम्वाङले १२ हजार ४८७ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका भागवत प्रकाश मल्ल १५ हजार ८८० मतका साथ अगाडि छन् । उनीभन्दा पछि रास्वपाका झविलाल डुम्रे १४ हजार ५५३ मतका साथ कडा टक्करमा छन् ।
रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका मो फिरदोष आलमको फराकिलो अग्रता देखिएको छ । उनले २२ हजार ५१७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहले १३ हजार ४११ मतले पछ्याइरहेका छन् ।
ओखलढुंगामा कांग्रेसका कुमार लुइटेल १० हजार ९०८ मतसहित अगाडि छन् । उनलाई रास्वपाका विश्वराज पोखरेलले १० हजार ६२४ मतका साथ पछ्याइरहेका छन् । यस्तै नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. प्रकाश शरण महत ९ हजार ५५३ मतका साथ पहिलो स्थानमा छन् । उनलाई रास्वपाका विक्रम तिमिल्सिनाले ८ हजार ८७१ मतका साथ पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण