मकवानपुर-२ मा २५ वर्षका उप्रेतीले भत्काए वामपन्थीको किल्ला
सारांश
- मकवानपुर क्षेत्र नम्बर-२ मा रास्वपाका प्रशान्त उप्रेतीले वामपन्थीको किल्ला भत्काए।
- २०४८ सालदेखि वामपन्थीको पकड रहेको सो क्षेत्रमा रास्वपाको जित ऐतिहासिक रह्यो।
- यस क्षेत्रमा एमाले र माओवादीका उम्मेदवारले पहिले चुनाव जित्दै आएका थिए।
मकवानपुर । वामपन्थीको किल्लाको रूपमा परिभाषित मकवानपुर क्षेत्र नम्बर-२ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । २०४८ सालदेखि वामपन्थीहरुको किल्लाको रूपमा रहँदै आएको उक्त क्षेत्र भत्काउन सफल भएका छन् रास्वपाका प्रशान्त उप्रेती ।
मकवानपुर २ संसदीय निर्वाचन क्षेत्रमा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, वडा ५–८ मकवानपुरगढी गाउँपालिका र हेटौँडाको १, ३, ११ र १९ नम्बर वडा रहेका छन् । उक्त क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचन होस वा संविधान सभाको निर्वाचन होस वामपन्थीहरुले जीत हासिल गर्दै आएका थिए ।
विशेषगरि सो क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुँदै आएका थिए । २०४८ देखि हालसम्म एमालेका उम्मेदवारले जित्दै आएको सो क्षेत्रमा २०६४ मा माओवादी उम्मेदवारले चुनाव जितेका थिए ।
२०४८ मा एमालेका विरोध खतिवडाले चुनाव जितेका थिए । २०५१, २०५६ मा पनि एमालेका उम्मेदवार नै विजयी भएका थिए । २०६४ मा मकवानपुर ४ निर्वाचन क्षेत्र हुँदा तत्कालीन मकवानपुर-२ र ४ मा क्रमशः माओवादीका प्रेमबहादुर पुलामी र कुमारी मोक्तानले चुनाव जितेका थिए ।
२०७० मा मकवानपुर-२ र ४ मा एमालेका सुभाषचन्द्र शाही ठकुरी र राजाराम स्याङ्तानले चुनाव जितेका थिए । संघीय संरचना लागु भएपछि २०७४ मा एमालेका विरोध खतिवडा र २०७९ मा एमालेका महेश बर्तौलाले चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण