विजय गच्छदारको राजनीतिक यात्रामा ब्रेक लगाउने अशोक चौधरी को हुन् ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीले सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जिते, विजयकुमार गच्छदारलाई पराजित गर्दै।
- विजयकुमार गच्छदारको लामो समयदेखिको राजनीतिक प्रभावलाई तोड्दै चौधरीले ठूलो मतान्तरले जित हासिल गरे।
- २०७९ सालमा एमालेकी भगवती चौधरीले जितेको सो क्षेत्रमा यसपटक रास्वपाका चौधरी विजयी भए।
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी विजयी बने । उनले ४७ हजार ४२१ मत ल्याउँदा निकटम प्रतिस्पर्धी रहेका कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत मात्रै ल्याए । २०७९ सालकी विजेता एमालेकी भगवती चौधरी तेस्रो स्थान रहँदै १५ हजार ८३ मत ल्याइन् ।
सुनसरीको क्षेत्र नम्बर ३ एकताका काँग्रेस नेता विजयकुमार गच्छदारको किल्ला जस्तै थियो । उक्त किल्ला एमालेकी भगवती चौधरीले २०७९ सालमा तोड्न सफल भइन् । त्यसबेलै अन्तिम पटक भन्दै चुनाव लडेका गच्छदार पराजित भएपछि भने पुनः एक पटक लड्ने बताउँदै आएका थिए । गच्छदारले यस पटक पनि आफूलाई न्याय दिनुपर्ने र अन्तिम पटकको लडाई भएको भन्दै मतदातासमक्ष पुगेका थिए । तर, यस पटक गच्छदारको उक्त अनुनयलाई मतदाताले अस्वीकार गरे र रास्वपालाई मत दिए ।
थारू, चौधरी समुदायको बाहुल्य रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक बाहुल्यता रहेको यस क्षेत्रमा यसपटक पनि मुख्य प्रतिस्पर्धा थारू समुदायकै उम्मेद्वारको बाहुल्य थियो । कांग्रेसका गच्छदार आठौँ पटक चुनावी मैदानमा थिए । एकातिर २०४८ सालदेखि २०७४ सम्म ३० वर्ष एकछत्र राज गरेका गच्छदार थिए भने अर्कोतिर उनकै विरासत भत्काएर उदाएकी नेकपा एमालेकी भगवती चौधरीको चुनावी अभियान पनि तीब्र थियो ।
चौधरी र गच्छदारबीचको यो चौथो चुनावी प्रतिस्पर्धा थियो । २०७९ को आम निर्वाचनमा गच्छदारको अपराजित यात्रालाई पूर्णविराम लगाउँदा भगवतीले करिब ५ हजार मतले पराजित गरेकी थिइन् । भगवती फेरि आफ्नो जित दोहोर्याउने दाउमा रहेपनि यस पटक तेस्रो बनिन् । तर, यसपटक गच्छदारले २६ हजार ९२० मतअन्तरले पराजित हुँदा भगवती भने त्योभन्दा धेरै ३२ हजार ३३८ मतको अन्तरले पराजित बनिन् ।
यो निर्वाचनसँगै १२ पटकसम्म मन्त्री भएका गच्छदारको राजनीतिक यात्रा लगभग अन्त्यतिर आइपुगेको छ । आफ्नो जीवनकालमा गच्छदार कांग्रेस छाडेर कहिले मधेशी जनाधिकार फोरमका नेता भए । २०७० मा फोरम फुटेपछि लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने । फोरमबाट २०७० सालमा उनले चुनाव लडे । यो चुनावमा पनि उनले जिते । २०७४ सालमा भने उनी पुरानै राजनीतिक घर कांग्रेसमा फर्किए । २०७४ को चुनावमा पनि उनको प्रतिस्पर्धी भगवती नै थिइन् । तर, गच्छदारले झिनो मतले जितेका थिए ।
सो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीले रामप्रसाद सदा, समावेशी समाजवादी पाटी नेपालले किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घनश्याम गुरुङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको थियो । तर, ती कुनै पनि उम्मेद्वारले जमानत जोगाउन सकेनन् ।
इटहरी उपमहानरपालिका पचरुखीका स्थायी बासिन्दा अशोककुमार चौधरीको शैक्षिक योग्यता १२ कक्षासम्मको मात्रै हो । उनी २०७९ सालको प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । रास्वपाका केन्द्रीय सदस्य समेत रहेका चौधरीको राजनीतिक बिरासत लामो छैन । उनी खेलकुद, युवा र सामाजिक विकासका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने चौधरी लोकतन्त्रमा पारदर्शिता र उत्तरदायित्वको पक्षमा दृढ मानिन्छन् । उनै चौधरीले विगतको घघडान प्रतिस्पर्धीलाई पराजित गर्दै सुनसरी ३ को राजनीतिक जिम्मेवारी आफूमा केन्द्रीत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण