तस्बिरमा हेर्नुहोस् जगदीश खरेलको सानदार जित
सारांश
- ललितपुर क्षेत्र २ मा रास्वपाका जगदीश खरेलले फराकिलो मतान्तरसहित जित हासिल गरे।
- खरेलले प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजारभन्दा बढी मतले पराजित गरे।
- विजयी भएपछि खरेलले देशलाई नयाँ ढंगले अघि बढाउने र रास्वपाले नेतृत्व गर्ने प्रतिबद्धता जनाए।
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले सानदार जित हासिल गरेका छन्। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खरेलले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
_9dhKE575a1.jpg)
खरेलले ३९ हजार ९४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले मात्र ७ हजार ४२० मतमा चित्त बुझाउनु पर्यो। रास्वपाको यो जितले ललितपुरमा पुराना राजनीतिक शक्तिहरूलाई ठूलो धक्का दिएको छ।
_BrUYqK1Yge.jpg)
यस निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन ४ हजार ५३६ मतका साथ चौथो स्थानमा सीमित भएका छन्। विजयी खरेल र दोस्रो स्थानमा रहेका महर्जनबिचको मतान्तर ३२ हजारभन्दा बढी रहनुले यस क्षेत्रमा रास्वपाप्रति मतदाताको लहर कति बलियो छ भन्ने प्रष्ट पारेको छ। कुल ८९ हजार ८२ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ९७५ मत खसेको थियो।
_5BVJd9h3LW.jpg)
निर्वाचनमा विजयी भएपछि प्रतिक्रिया दिँदै जगदीश खरेलले मुलुक अब नयाँ ढंगले अघि बढिरहेको र त्यसको नेतृत्व रास्वपाले गर्ने दाबी गरे। उनले यो जितलाई कुनै व्यक्ति वा दलको जितभन्दा पनि समग्र देशको जितका रूपमा ब्याख्या गर्दै सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। जनताले दिएको यो विश्वासले आफूलाई देश बनाउने अभियानमा थप जिम्मेवार र जवाफदेही महसुस गराएको उनको भनाइ छ।
_jkhQNtv1Ss.jpg)
खरेलले निर्वाचनअघि रास्वपाले जनतासामु राखेको 'रुपान्तरणका सय वाचा' हरूलाई क्रमशः पूरा गर्दै लैजाने दृढता समेत व्यक्त गरे। संसद्मा आफ्नो भूमिका प्रभावकारी हुने र जनताका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने उनले बताए। मतदाताले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएकाले अब काम गरेर देखाउने पालो आफ्नो भएको खरेलले उल्लेख गरे।
_P3JPTXnU77.jpg)
_1d01VhB1o9.jpg)
_te596MkxEm.jpg)
_CVvVYrFvIU.jpg)
_O4UEVWAnaN.jpg)
_fDSExQ9Yif.jpg)
_4wJSkQJbP2.jpg)
_WFOUIPho9z.jpg)
_f1ksXVRKQm.jpg)
_u8NX03DUSE.jpg)
_xEFbIzsRaD.jpg)
_h0uFOy9LGu.jpg)
_41XUODpt9O.jpg)
_WDH4fyO399.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण