चुनाव हारेपछि शक्ति भन्छन्– एकै मान्छे दोहोरिरहँदा जनतालाई नयाँ अनुहार पनि हेरौँ भन्ने लाग्दो रहेछ
सारांश
- जाजरकोटमा माओवादी नेता शक्तिबहादुर बस्नेत नेपाली कांग्रेसका खड्कबहादुर बुढासँग पराजित भए।
- बस्नेतले हारलाई स्वाभाविक रूपमा लिँदै जनताले नयाँ विकल्प खोजेको बताए।
- उनले जनताको फैसलालाई सम्मान गर्दै नयाँ अनुहार हेर्ने चाहनालाई स्वीकार गरे।
सुर्खेत । माओवादी आधार क्षेत्र मानिएको जाजरकोटमै पराजित भएपछि नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले हारलाई स्वाभाविक रूपमा लिएको बताएका छन् ।
शनिबार सम्पन्न मतगणनामा बस्नेत नेपाली कांग्रेसका खड्कबहादुर बुढासँग पराजित भएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जनताले विकल्पको खोजी गरेको बताएका हुन् ।
‘जनताले पार्टीको रूपमा होस्, व्यक्तिको रूपमा होस्, मूल रूपमा एउटा नयाँ विकल्पको च्वाइस गरेको, खोजी गरेको कुरा स्पष्ट देखिन्छ नै,’ उनले भने, ‘‘भलै जनताले च्वाइस गरेको विकल्प सही ठाउँमा पर्यो कि परेन, त्यो भोलिको समयले सम्बोधन गर्नेछ ।’
यद्यपि अहिले जनताको जुन फैसला दिए, उक्त फैसलालाई आफूले सम्मान गरेको र स्वीकार गरेको बस्नेतले बताए । उनले अगाडी भने, ‘जनतामा नियमित रूपमा एउटै मान्छे भइरहँदा अलि नयाँ टेस्ट गर्न पनि पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ ।’
‘जनतालाई पनि एउटै मान्छे, एउटै अनुहार दोहोरिँदा अलि नयाँ अनुहारहरू पनि हेरौँ न त भनेर लाग्नु स्वाभाविक कुरा भयो,’ उनले थप भने, ‘त्यो पनि कम्प्यारि गरेर हेर्ने अवसर चाहिँ मतदाताको लागि पनि यो सकारात्मक पक्ष नै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण