पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहन्छ : विप्लव
सारांश
- माओवादी महासचिव विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताएका छन्।
- निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा ३ प्रतिशत मत नपाएपछि विप्लवले यस्तो प्रतिक्रिया दिएका हुन्।
- उनले परिणाम जे आए पनि जनताको बीचबाट संघर्ष जारी रहने र देश र जनताको हितमा काम गर्ने बताए।
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताएका छन् । पहिलोपटक निर्वाचनमा भाग लिएको माओवादीले प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत नपाएपछि विप्लवले क्रान्ति जारी रहने बताएका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले परिणाम जे आएपनि जनताको बिचबाट डटेर संघर्ष जारी रहने बताएका छन् । ‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसदमा पुगेर मात्र होइन जनताको बिचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ । पुँजीवाद रहेसम्म समाजवादी–साम्यवादी क्रान्ति जारी रहनेछ’, उनले लेखेका छन् ।
२०७० सालदेखि निर्वाचन बहिस्कार गर्दै आएको माओवादीले योपटक १३० स्थानमा उम्मेदवारी दिएको थियो । मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार,नीति र उद्देश्य राख्नु राखेकोमा उम्मेदवार र मोर्चामा खटिने सबै नेताहरूलाई उनले धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण