कैलालीमा चुनाव उठेका ७५ जना मध्ये एक जना बुझाए निर्वाचन खर्च
मङ्गलबार, २६ फागुन २०८२, १० : ३७
सारांश
- कैलालीमा चुनाव लडेका ७५ जना मध्ये एक जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन्।
- उज्यालो पार्टी नेपालका चन्द्र साउँदले आइतवार निर्वाचन खर्च विवरण बुझाएका हुन्।
- प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका सबै उम्मेदवारले खर्च विवरण बुझाउनेछन्।
धनगढी । कैलालीमा चुनावमा उठेका ७५ जना मध्ये मतगणना सकिएको दोस्रो दिन एक जना उम्मेदवार निर्वाचन खर्च बुझाएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार उज्यालो पार्टी नेपालका कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका चन्द्र साउँदले सबै भन्दा पहिले आइतवारनै निर्वाचन खर्च विवरण बुझाएका हुन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार यो कार्यालयमा कैलालीभरिका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च विवरण कार्यालयमा बुझाउने छन्। सुदूरपश्चिमका अन्य जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूले भने आ–आफ्नो सम्बन्धित निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने छन्। सोही अन्तरगत खर्च विवरण बुझाउने काम भइरहेको छ।
अहिलेसम्म कैलालीमा भने एक जना उम्मेदवारको मात्रै खर्च विवरण प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण