मध्यपूर्वको तनावले अफगानिस्तान र श्रीलङ्काबिचको क्रिकेट शृङ्खला अनिश्चितकालका लागि स्थगित
यूएई । मध्यपूर्वमा चर्किएको सैन्य द्वन्द्वको प्रत्यक्ष असर क्रिकेटमा परेको छ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा आगामी मार्च १३ देखि २५ सम्म सञ्चालन हुने तय भएको अफगानिस्तान र श्रीलङ्काबिचको सीमित ओभरको क्रिकेट शृङ्खला अनिश्चितकालका लागि स्थगित हुने भएको हो।
हालसम्म दुवै देशका क्रिकेट बोर्डले आधिकारिक विज्ञप्ति जारी नगरे पनि द्वन्द्वका कारण उत्पन्न असुरक्षा र हवाई मार्गमा परेको अवरोधका कारण युएईमा खेल सञ्चालन गर्न नसकिने निष्कर्षमा दुवै पक्ष पुगेका हुन्। यस शृङ्खला अन्तर्गत तीनवटा टी-२० र तीनवटा एकदिवसीय खेलहरू हुने तालिका थियो। तालिका अनुसार मार्च १३, १५ र १७ मा शारजाहमा टी-२० खेलहरू र मार्च २०, २२ र २५ मा दुबईमा एकदिवसीय खेलहरू हुनुपर्ने थियो।
तर क्षेत्रीय तनावका कारण खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै बोर्डहरूले खेल सार्ने वा रद्द गर्ने विकल्पमा छलफल गरिरहेका छन्। प्राविधिक र व्यवस्थापकीय कठिनाइका कारण यो शृङ्खला तत्काल अन्य कुनै देशमा स्थानान्तरण हुने सम्भावना निकै न्यून देखिएको छ।
विशेष गरी अफगानिस्तानका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको थियो। विश्वकपको समूह चरणबाट बाहिरिएपछि राशिद खानको स्थानमा इब्राहिम जाद्रानको कप्तानीमा अफगानिस्तानले पहिलो पटक मैदान उत्रने तयारी गरेको थियो। तर युद्धको छायाले खेल तालिका नै प्रभावित बनेको छ। यसअघि नेपालमा हुने भनिएको ओमान, युएई र आयोजक नेपाल सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ का छ वटा खेलहरू पनि यही द्वन्द्वकै कारण स्थगित भइसकेका छन्।
मध्यपूर्वको हवाई क्षेत्र बन्द वा सीमित हुँदा विश्वभरका क्रिकेट टोलीहरूको यात्रा तालिकामा समेत ठुलो समस्या उत्पन्न भएको छ। भारत र श्रीलङ्कामा टी-२० विश्वकप खेलेर फर्कन लागेका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका टोलीहरू समेत कोलकातामा अलपत्र परेका थिए। आइतबार मात्रै उनीहरूको उडान सुनिश्चित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण