इरानको चेतावनी : आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ
सारांश
- इरानले अमेरिका र इजरायललाई मध्यपूर्वबाट तेल निर्यात रोक्ने चेतावनी दिएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई तेल निर्यात रोकेमा २० गुणा बढी शक्तिशाली आक्रमण गर्ने धम्की दिए।
- इरानले नयाँ सर्वोच्च नेता नियुक्त गर्दै अमेरिका र इजरायलसामु नझुक्ने संकेत गरेको छ।
तेहरान । मध्यपूर्वको तनाव उत्कर्षमा पुगेका बेला इरानको शक्तिशाली सैन्य दस्ता रेभोलुसनरी गार्ड्सले विश्वलाई नै झस्काउने गरी चेतावनी दिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरिरहेको हवाई तथा मिसाइल आक्रमण नरोके मध्यपूर्वबाट एक लिटर तेल पनि निर्यात हुन नदिने इरानले घोषणा गरेको हो।
इरानको यो चेतावनी विशेष गरी स्ट्रेट अफ होर्मुज जलमार्ग लक्षित छ, जहाँबाट विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ। इरानको यस धम्की लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन् कडा प्रतिवाद गरेका छन्।
ट्रम्पले यदि इरानले तेलको प्रवाह रोक्ने प्रयास गरेमा अमेरिकाले अहिलेसम्म गरेको आक्रमणभन्दा २० गुणा बढी शक्तिशाली प्रहार गर्ने चेतावनी दिएका छन्। उनले इरान र उसलाई सहयोग गर्ने जोकोहीलाई पनि फेरि कहिल्यै तङ्ग्रिन नसक्ने गरी सिध्याइदिने धम्की दिएका हुन्। ट्रम्पले इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुर्याइसकेको दाबी गर्दै आफूले सोचेको चार हप्ताको समय सीमाभन्दा अगावै यो युद्ध अन्त्य हुने भविष्यवाणी समेत गरेका छन्।
इरानले आफ्नो नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीलाई नियुक्त गरेर अमेरिका र इजरायलसामु नझुक्ने संकेत दिएको छ। इरानी अधिकारीहरूले ट्रम्पको भनाइलाई 'बकवास' भन्दै युद्धको अन्त्य कसरी हुन्छ भन्ने कुरा आफूहरूले तय गर्ने बताएका छन्।
फेब्रुअरीको अन्त्यदेखि सुरु भएको यो भीषण आक्रमणमा हालसम्म कम्तीमा १ हजार ३ सय ३२ जना इरानी नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौँ घाइते भएका छन्।
इजरायलले इरानको वर्तमान शासन व्यवस्था नै ढाल्ने लक्ष्य राखेको छ भने अमेरिकाले इरानको आणविक कार्यक्रम र मिसाइल क्षमता ध्वस्त पार्ने रणनीति लिएको छ। तर ट्रम्पले भने आफ्नो अनुकूलको सरकार इरानमा नबनेसम्म युद्ध नरोकिने संकेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण