माओवादी, एमाले हुँदै उज्यालो नेपाल प्रवेश गरेका पूर्व सांसद विष्टले पाए जम्मा २५१ मत
मङ्गलबार, २६ फागुन २०८२, १७ : ५५
सुर्खेत । नेकपा माओवादी केन्द्र, नेपाल एमाले हुँदै कुलमान घिसिङको उज्यालो नेपाल पार्टी प्रवेश गरी चुनाव लडेका पूर्व सांसद ठम्मर विष्टको जमानत जफत भएको छ ।
उज्यालो नेपालबाट सुर्खेत–१ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनले जम्मा २५१ मत मात्रै ल्याएका हुन्।
उनी २०७४ मा नेकपा (माओवादी)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
मनोनित केन्द्रीय सदस्य रहेका उनी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमै पराजित भएपछि एमाले परित्याग गरेका थिए ।
लगत्तै कुलमान घिसिङको उज्यालो नेपालमा प्रवेश गरेका उनी कर्णाली प्रदेश इन्चार्जसहितको जिम्मेवारीमा छन् ।
यद्यपि उनले चुनावमा लज्जास्पद हार बेहोरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण