शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

न्यौपानेले दिए ‘स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्षबाट राजीनामा

मङ्गलबार, २६ फागुन २०८२, १९ : ३६
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • अधिवक्ता यज्ञमणि न्यौपानेले मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि 'स्वतन्त्र कानुन व्यवसायी मञ्च'को अध्यक्ष पदबाट राजीनामा दिए।
  • न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका थिए र उनले राजीनामा पत्र बुझाएका थिए।
  • यसअघि उनी नेपाल बार एशोसिएसनको निर्वाचनमा महासचिव पदको उम्मेदवार पनि बनेका थिए।

काठमाडौँ । मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अधिवक्ता यज्ञमणि न्यौपानेले 'स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट फागुन २१ गते भएकाे निर्वाचनमा निर्वाचित भएपछि उनले नेतृत्व छोडेका हुन् । न्यौपानेले मञ्चको सञ्चालक समितिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्र स्वीकृत भइसकेको छ । 

राजीनामा पत्रमा उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोले मञ्चको अध्यक्षका रूपमा कार्यभार सम्हाल्न नसक्ने उल्लेख गरेका छन् ।

उनी यसअघि नेपाल बार एशोसिएसनको निर्वाचनमा महासचिव पदको उम्मेदवार समेत बनेका थिए । कानुन व्यवसायीहरूको छाता संगठन ’नेपाल बार’को नेतृत्व तहमा पुग्न प्रतिस्पर्धा गरेका न्यौपाने पछिल्लो समय सक्रिय राजनीतिमा लागेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप