समानुपातिक मतगणना
मंगलबार मध्यरातसम्म यस्तो छ दलहरूले पाएको समानुपातिक मत
मङ्गलबार, २६ फागुन २०८२, २३ : ४५
सारांश
- प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ, जसमा मंगलबार मध्यरातसम्म १ करोड ६ लाख ८१ हजार ५ सय ८१ मत गणना भयो।
- राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख १३ हजार ७ सय ९३ मतका साथ अग्रस्थानमा छ, भने नेपाली काँग्रेस दोस्रो स्थानमा छ।
- नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र अन्य दलहरूको पनि मत परिणाम सार्वजनिक भएको छ।
काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा मंगलबार मध्यरातसम्म कुल १ करोड ६ लाख ८१ हजार ५ सय ८१ मत गणना भइसकेको छ ।
यो समाचार तयार पर्दासम्मको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख १३ हजार ७ सय ९३ मतका साथ सबैभन्दा अगाडि देखिएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ३७ हजार ४ सय २३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ४३ हजार ६ सय ३१ मत ल्याएको छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ९६ हजार ५ सय ५१ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीको पक्षमा ३ लाख ७६ हजार ६ सय ९४ मत खसेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २८ हजार ७ सय १२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले १ लाख ७४ हजार १९९ मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण