स्थिर भयो तेलको भाउ, एसियाली शेयर बजारमा हरियाली
सारांश
- इरानमा जारी युद्धका कारण विश्व तेल बजारमा उतारचढाव देखिएको छ, तर बुधबार तेलको मूल्य स्थिर रह्यो।
- अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) तेलको मूल्य नियन्त्रण गर्न आपतकालीन भण्डार बजारमा निकाल्ने सम्भावनाबारे छलफल गर्दैछ।
- एसियाली शेयर बजारहरूमा सुधार देखिएको छ, तर मध्यपूर्वको तनाव लम्बिए विश्व अर्थतन्त्रमा दबाब पर्न सक्ने चेतावनी छ।
हङकङ । अमेरिका र इजरायलको इरानमा जारी युद्धका कारण केही दिन तीव्र उतार–चढाव भोगिरहेको विश्व तेल बजार बुधबार अपेक्षाकृत स्थिर देखिएको छ । बुधबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब १ दशमलव १८ प्रतिशतले घटेर ८६ डलर ८० सेन्ट प्रतिब्यारेलमा आएको छ । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि शून्य दशमलव ५२ प्रतिशतको कमीसहित प्रति ब्यारेल ८३ डलर १४ सेन्टमा डलरमा कारोबार भइरहेको छ ।
सोमबार युद्ध चर्किने भएका बीचमा तेलको भाउ झन्डै १२० डलर प्रति ब्यारेलसम्म पुगेको थियो । त्यसपछि मूल्य केही घटे पनि युद्ध सुरु हुनु अघिको अवस्थाभन्दा अझै उच्च स्तरमै रहेको छ । तेलको मूल्य नियन्त्रण गर्नका लागि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का सदस्य देशहरू आपतकालीन तेल भण्डार बजारमा निकाल्ने सम्भावनाबारे छलफल गरिरहेका छन् । तर यसबारे अहिलेसम्म औपचारिक निर्णय भने भइसकेको छैन ।
यसैबिच, एसियाली शेयर बजारहरू पनि क्रमशः सुधारोन्मुख देखिएका छन् । मंगलबार हरियालीमा पुगेर बन्द भएका शेयर बजार बुधबार पनि हरियालीमै रहने देखिएको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क करिब ३ दशमलव ५७ प्रतिशतले बढेको छ भने जापानको निक्केई २२५ सूचकाङ्क पनि २ दशमलव ५४ प्रतिशतले बढेको छ ।
हङकङमा हाङ्शेङ शून्य दशमलव शून्य ७ प्रतिशतले बढ्दा ताइवानमा ताइवान वेटेड पनि ४ दशमलव ३२ प्रतिशत माथि आएको थियाे । बुधबारको कारोबारमा सिंगापुर र चिनियाँ शेयर बजार पनि हरियोमै थिए । यद्यपि, भारतीय शेयर बजार भने रातोमा थियो ।
विश्लेषकहरूका अनुसार बजारले युद्धको पछिल्लो अवस्थाबारे आइरहेका खबरहरू पचाउँदै गर्दा तेल तथा शेयर बजारमा अहिले केही स्थिरता देखिएको हो । तर मध्यपूर्वको तनाव लम्बिएमा ऊर्जा बजार र विश्व अर्थतन्त्रमा थप दबाब पर्न सक्ने चेतावनी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण